Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


माछा मार्न गएका दुई किशोर तमोर नदीमा बगेर बेपत्ता

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङका दुई किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ तमोरमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । छिमेकी जिल्ला तेह्रथुमको आठराई गाउँपालिकास्थित सिमखर्क भन्ने स्थानमा पाहुना गएका उनीहरु स्थानीय दुई जना साथीसँग माछा मार्न तमोर नदी गएका थिए…