काठमाडौं । सभामुख देवराज घिमिरेले तिहार २०८१ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । तिहारले नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको हो । आइतबार एक सन्देश जारी गर्दै सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको…