१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्यो


1.014k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्सले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय ६० रहेको जनाएको छ ।

एक दिनअघि मात्रै काठमाडौँमा एक्यूआई एक सयभन्दा कम देखिएको थियो । इन्डेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौँ विश्वको आठौँ प्रदूषित शहरको सूचीमा सूचिकृत छ भने चीनको बेइजिङ विश्वको पहिलो प्रदूषित शहरको रुपमा सूचिकृत भएको छ ।

तिहारमा पट्काउने गरिएको पटकाले वायु तथा ध्वनी प्रदूषण गराउने बताउँदै पटका पट्काउन कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले जोड दिनुभयो ।

डा. उप्रेतीको भनाइ अनुसार एक्युआई शून्यदेखि ५० राम्रो मानिन्छ, अर्थात् यो हरियो सङ्केतले चिनिन्छ । त्यस्तै ५१ देखि एक सयसम्मको एक्युआइलाई होशियार रहने बुझिन्छ, अर्थात् पहेँलो सङ्केतले चिनिन्छ । यसै गरी १ सय १ देखि १ सय ५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ । साथै १ सय ५१ देखि २ सयसम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ भने २ सय १ देखि ३ सयलाई धेरै अस्वथ्य मानिन्छ ।