काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जस्थित कारागारको अनुगमन गर्नुभएको छ ।
शनिबार कारागार पुगेर मन्त्री यादवले त्यहाँको समस्याबारे जानकारी लिनुभएको हो ।
त्यस अवसरमा कैदीबन्दीले कारागारमा खानेपानीको अभाव भएको, शौचालय एउटा मात्रै भएको, भान्सामा समेत छाना नभएको लगायतका समस्या राखेको र आफूले तत्काल ती समस्या समाधानका लागि काम सुरु गर्न स्थानीय निकायलाई आग्रह गरिएको मन्त्री यादवले बताउनु भयो । स्थानीय तहका जनप्रतिनिधि र प्रहरी प्रशासनसहित कारागारमा पुग्नुभएका उहाँले ती समस्याहरु तत्काल समाधान हुने गरी काम गर्ने पनि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनुभयो ।
त्यस अवसरमा मन्त्री यादवले कारागार प्रशासनलाई कैदीबन्दीको आधारभुत आवश्यकता पूर्ति गर्ने दिशामा सचेत भएर काम गर्न पनि निर्देशन दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्