काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको च्याम्पियन अन्नपूर्ण स्पाइकर किङ्सले ‘च्याम्पियन्स अफ नेपाल भलिबल लिग ट्रफी टुर’ सम्पन्न गरेको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको सहकार्यमा आयोजित टुरअन्तर्गत च्याम्पियन ट्रफीलाई गण्डकी प्रदेशका विभिन्न प्रमुख स्थान हुँदै अन्नपूर्ण आधार शिविरसम्म पुर्याइएको थियो।

नेपाली भलिबलको सफलता समर्थक र खेलप्रेमीसम्म पुर्याउने तथा खेल संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले ट्रफी टुर आयोजना गरिएको आयोजकले जनाएको छ।
एनभीएलको पहिलो संस्करणमा अन्नपूर्ण स्पाइकर किङ्सले कर्णाली शिवराजलाई फाइनलमा ३–० ले हराउँदै उपाधि जितेको थियो। उपाधिसँगै अन्नपूर्णले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो।










प्रतिक्रिया दिनुहोस्