१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


नेवार समुदायले म्हपूजा गर्दै


1.105k
Shares

काठमाडौं । नेवार समुदायले शनिबार म्हपूजा मनाइरहेका छन् ।

हरेक वर्ष नेपाल संवतको पहिलो दिन नेवार समुदायले म्हपूजा गर्ने परम्परा छ ।

आइतबार बिहानै नयाँ वर्ष नेपाल संवत् ११४५ को स्वागत गर्दै नेवार समुदायले अनुकुल समयमा आफनै शरिर र आत्माको पूजा म्हपूजा गर्ने प्रचलन छ ।

म्हपूजाका लागि सबैभन्दा पहिले मण्डल बनाएर तेलको घेरा, पीठो, अक्षता, लावा, मास र कालो भटमास लगायतले घेरा बनाइन्छ । मण्डल तयार भइसकेपछि घरको मूली देखि लस्करै घरपरिवारका सबै सदस्य बसेर पूजा गर्ने परम्परा रहेको छ ।

मण्डलमा जम्भल बिमिरो, भोगटे, सुन्तला, ओखर, कटुस, स्याउ, अमला, बयर लगायतका फलफूल राख्ने गरिन्छ । म्हपूजामा र भाइटीकामा स्वास्थ्य र निरोगीताको लागि काँचो धागोले बनाएको जजंका लगाउने र ख्यलु इता बाल्ने गरिन्छ. । म्हपूजा गर्दा पहिले कुचोमा भने अन्तिममा यमराजको प्रतिक त्वारीवाममा पूजा घरको मूली महिलाले गर्ने परम्परा छ ।

म्हपूजा अहिले गैरनेवार समुदाय र विदेशमा पनि गर्ने गरिएको छ ।