ओखलढुंगा । नेपाल संवदका अवसरमा ओखलढुंगा सदरमुकामका नेवारी समुदायले सांस्कृतिक कार्यक्रम र र्यालीको आयोजना गरेका छन ।
नेवा देय् दबू जिल्ला कार्य समिति ओखलढुंगा तथा नेवा देय दबू नगर कार्य समितिका विभिन्न वडाको आयोजनामा कार्यक्रम र र्याली आयोजना गरिएको हो ।
नेपाल सम्बत राष्ट्रिय गौरव, सांस्कृतिक सम्पदा पुर्खाका पौरख भन्ने नारासहित निकालिएको र्यालीले ओखलढुंगा सदरमुकाम परिक्रमा गरेको थियो । नेवारी समुदाय आफ्नो जातीय पोशाकमा सजिएर ढोल भ्mयाम्टा बजाउँदै र्यालीमा सहभागी भएका थिए ।
ओखलढुंगा सदरमुकामको रमाइलोडाँडाबाट निकालिएको र्याली रामबजार, हुलाकडाँडा हुँदै गणेशचोकमा पुगेर टुंगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्