काठमाडौं, पुस २५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन बिहीबार नयाँदिल्ली जाने भएका छन् । मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर रिसर्च फाउन्डेसनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो कार्यक्रमम यस वर्षको विषय ‘अ वर्ल्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्यूड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ छ…