काठमाडौँ– हिन्दुहरुको पवित्र धाम केदारनाथका जगतगुरु भीमाशंकर लिंगले नेपाल हिन्दु राष्ट्र नै रहेको कुरालाई नकार्न नसकिने बताएका छन् । मागे संक्रान्तिको अवसरमा चारदिनको नेपाल भ्रमणमा भीमाशंकरले पशुपतिनाथ र केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरमा पूजा अर्चना गरेका छन् । उनले देवघाट र कालीगण्डकीमा स्नान गरेका छन् । यस भ्रमणका क्रममा भीमाशंकरले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट…