पोखरा, माघ ३ । हिमपहिरोमा परेर अन्नपुर्ण आधारशिविरको पदमार्गमा पाँचजना कोरियालीसहित केही चिनियाँ पर्यटक सम्पर्क विहीन भएका छन् । पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समुह हिमपहिरोमा परेको प्रहरीले जानकारी गराएको छ । पर्यटकलाई लिएर पदयात्रामा गएका गाइड पनि हिमपहिरोमा परेको कास्की प्रहरी प्रमुख दान बहादुर कार्कीले जानकारी दिए । शुक्रबार दिउँसो पर्यटकहरु हिमपहिरोमा परेका…