१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


अन्नपुर्ण आधारशिविरबाट कोरियाली र चिनियाँ पर्यटक सम्पर्क विहीन


0
Shares

पोखरा, माघ ३ । हिमपहिरोमा परेर अन्नपुर्ण आधारशिविरको पदमार्गमा पाँचजना कोरियालीसहित केही चिनियाँ पर्यटक सम्पर्क विहीन भएका छन् ।

पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समुह हिमपहिरोमा परेको प्रहरीले जानकारी गराएको छ । पर्यटकलाई लिएर पदयात्रामा गएका गाइड पनि हिमपहिरोमा परेको कास्की प्रहरी प्रमुख दान बहादुर कार्कीले जानकारी दिए ।

शुक्रबार दिउँसो पर्यटकहरु हिमपहिरोमा परेका हुन । उक्त क्षेत्रमा लगातार हिमपात भईरहेको र सञ्चारसम्पर्क नभएकोले पनि सम्पर्कविहीन भएका पर्यटकको अवस्थाबारे जानकारी पाउन नसकेको प्रहरीले जनाएको छ ।