Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


मध्यपुरमा बृहत् फोटो प्रदर्शनी


0
Shares

भक्तपुर । मध्यपुर सञ्चार समाजले नेपाल पर्यटन वर्ष २०२० को सन्दर्भमा एकदिने बृहत् फोटो प्रदर्शनी सम्पन्न गरेको छ ।

मध्यपुर थिमि क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले समाजले फोटो प्रदर्शनी आयोजना गरेको हो ।

मध्यपुर नगरका १८ जना फोटो पत्रकारहरुले खिचेका करिव २ सय ३५ वटा फोटोहरु प्रदर्शनीमा राखिएको समाजका अध्यक्ष बाबुकाजी साःछेँ श्रेष्ठले बताए । राष्ट्रिय विभुति शंखधर साख्वाःको शालिकसँगै प्रदर्शनी स्थल बनाएर नगरको कला, संस्कृति, जीवनशैलीदेखि राजनीतिक विषयका फोटोहरु प्रदर्शनमा राखिएको थियो ।

प्रदर्शनीलाई उद्घाटन गर्दै नगर प्रमुख मदनसुन्दर श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनुपर्ने बताए ।

नगरभित्रका फरक विषयलाई फोटोमार्फत प्रदर्शनी गरिँदा मध्यपुरलाई संसारले चिन्ने विश्वास व्यक्त गरे ।

नेपाल भ्रमण वर्षमा मध्यपुरलाई पनि आकर्षणको केन्द्र बनाउन यस्ताखाले कार्यक्रममले थप सहयोग पुग्ने उनको भनाइ थियो ।

नगरपालिकाको प्रवद्र्धनमा समाजले आयोजना गरेको फोटो प्रदर्शनी बिहान १० बजे देखि सर्वसाधारणको लागि खुला गरिएको थियो । प्रदर्शनीमा ४ सय ५० भन्दा बढी अवलोकनकर्ताहरुको सहभागिता थियो ।

त्यसमध्ये संघीय सांसद महेश बस्नेत, राष्ट्रिय विभुति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, सस्कृतिका अध्येता गणेशराम लाछी, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य, वासुदेव स्मृति प्रतिष्ठानका अध्यक्ष लक्ष्मण जोशी, जिल्ला समन्वय समितिका सदस्य, वडाध्यक्ष, समाजसेवीहरु सहभागी थिए ।

Skip This