काभ्रे, जेठ ११ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सन्चार क्षेत्रका समस्या हल गर्न सरकारले मिडिया काउन्सिल विधयक ल्याएको जिकिर गरेका छन् । शनिबार काभ्रेको बनेपामा आयोजित एक कार्यक्रममा उनले मिडिया काउन्सिल विधेयकमात्रै नभएर आमसन्चार ऐनसमेत ल्याउने सरकारले तयारी गरेको बताए । सन्चारमन्त्री बाँस्कोटाले विधेयकका कारण समाचार लेखेकै आधारमा पत्रकारलाई अफ्ठ्यारो नपर्ने विश्वास दिलाए…