म्याग्दी, पुस १७ । कालीगण्डकी करिडोर सडकअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाका मजदुरहरु ठेकेदारले ज्याला नदिएपछि आन्दोलित भएका छन् । म्याग्दीको राहुघाटदेखि नारच्याङ पुल खण्डको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा–युनाइटेड जेभीले ज्याला नदिएपछि नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को अगुवाइमा मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् । मजदुरहरुले आन्दोलन गरेपछि सडक निर्माणको काम बन्द भएको छ । निर्माण कम्पनीले २…