Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त


0
Shares

काठमाडौं, वैशाख ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई शुक्रबार जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले शुक्रबार विज्ञप्तिमार्फत् सो जानकारी दिएका हुन् ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाइ सरकारले पूर्वमन्त्री पाण्डेलाई सो पदमा नियुक्तिका लागि सिफारिस गरेकामा उनले संसदीय सुनुवाइ पूरा गरिसकेका थिए । रासस