ताप्लेजुङ । चीनले सिमावर्ती क्षेत्रमा पर्ने ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई स्वास्थ्य सामग्रीसहित खाद्यान्न उपलब्ध गराएको छ । चीनको तिब्बतसँग जोडिएको ओलाङचुङगोला र याङ्माका ६३ परिवारलाई स्वास्थ्य र खाद्यान्नका सामग्री उपलब्ध गराएको हो । स्वास्थ्य सामग्रीअन्र्तगत पिपिई, थर्मल गन, मास्क रहेका छन् भने खाद्यान्नमा चामल, पीठो, नुन, चिनी र दुध पाउडर छन् । कोरोना संक्रमणको महामारीकाबीच…