ताप्लेजुङ । चीनले सिमावर्ती क्षेत्रमा पर्ने ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई स्वास्थ्य सामग्रीसहित खाद्यान्न उपलब्ध गराएको छ ।
चीनको तिब्बतसँग जोडिएको ओलाङचुङगोला र याङ्माका ६३ परिवारलाई स्वास्थ्य र खाद्यान्नका सामग्री उपलब्ध गराएको हो ।
स्वास्थ्य सामग्रीअन्र्तगत पिपिई, थर्मल गन, मास्क रहेका छन् भने खाद्यान्नमा चामल, पीठो, नुन, चिनी र दुध पाउडर छन् ।
कोरोना संक्रमणको महामारीकाबीच सिमावर्ती क्षेत्रका बासिन्दालाई खाद्य संकट हुन सक्ने भन्दै चीनको डिङजे काउण्टीले उक्त सामग्री सहयोग गराएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन शेर्पाले जानकारी दिए ।
चीनले ओलाङचुङगोलामा रहेको प्रहरी चौकी, स्वास्थ्य चौकी र एउटा आधारभूत विद्यालयका लागिसमेत खाद्यान्नका सामग्री उपलब्ध गराएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्