काठमाडौं, बैशाख ३१ । भारतले अतिक्रमण गरेको नेपाली भूमी लिपुलेक नजिक बुधबारबाट सशस्त्र प्रहरीको टोली खटाईने भएको छ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा ९ जनाको टोली छाङरु जांदैछ । यस्तै दार्चुलाकै सीतापुरमा रहेको सई नेतृत्वको नेपाल प्रहरीको टोलीलाई पनि छाङरू लगिँदै छ । छाङरू भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १२ किलोमिटर…