पर्सा । कोरोना संक्रमितको संख्यामा बढेसंगै पर्सा र बारामा निषेधाज्ञा जारी गरिएको छ ।
पर्सामा हिजो राति ८ बजेदेखि जेष्ठ ५ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा हिजो बसेको आकस्मिक बैठकले जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
सरसफाइ, खाद्यान्न तथा बैंकको काउन्टर आदिको व्यवस्थापन गर्दै निषेधाज्ञा जारी गरिएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ अनुसार नेपाली सेनालाई समेत परिचालन गर्ने निर्णय भएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय बाराले पनि आज बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।
संक्रमणको जोखिमलाई कम गर्न स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत आजदेखि खारेज गर्ने निर्णय गरेको छ ।
भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर निस्कन रोक लगाएको छ ।









प्रतिक्रिया दिनुहोस्