बझाङ । बझाङको छवीसपाथीभरा गाँउपालिका–१ सुगवालको एक घरमा विद्युत सर्ट भइ आगलागी हुँदा करिब दश लाख बराबरको क्षति भएको छ । स्थानीय रमेश गिरीको घर र पसलमा आगलागी भएको हो । राति ९ बजे तिर विद्युत सर्ट भएर आगलागी हुँदा पसल र घरका सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय वझाङ्ले जनाएको छ ।…