Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


इमेज प्रांगणमा स्यानिटाइजर बुथ


0
Shares

काठमाडौं, जेठ ५ । नेपाल फ्रेन्ड्स क्लब ग्रुपले कोरोना महामारीका बेला सावधानी अपनाउन ठाउँ–ठाउँमा स्यानिटाइजर बुथ राखेको छ ।

सो ग्रुपले सोमबार इमेज च्यानलको प्रांगणमा बुथ जडान गरेको छ ।

महामारीका बेला सावधानी अपनाउन बुथ उपयोगी सावित हुने फ्रेन्ड्स क्लबका सदस्य पवन अग्रवालले बताए ।

यो ग्रुपले काठमाडौंको विभिन्न स्थानमा बुथ जडान गरेको छ भने पछि अन्य जिल्लामा पनि यसको विस्तार गरिने जनाएको छ ।

फ्रेन्ड्स क्लब ग्रुपले यसअघि क्षेत्रपाटी निःशुल्क औषधालय र नेपाल प्रहरीको जनसेवा प्रभागमा पनि स्नानिटाइजर बुथ हालिसकेको छ ।