बिराज रोस्यारा (इमेज) कैलाली, साउन २ । कैलालीको धनगढी उपमहानगरपालिका–४, चटकपुरस्थित नीलम होटलमा बिहीबार साँझ विस्फोट हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । घाइते सबैको धनगढी–३ स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ । घाइते हुनेहरुमा बझाङका राम सिंह, कन्चनपुरको बेलौरी नगरपालिकाका लक्ष्मण सेरला, मोबिन खान, धनगढी–४, बोराडाडीका जितेन्द्र यादव…