Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


उच्चका ७८ र जिल्लाका १५६ न्यायाधीशको सरुवा


0
Shares

काठमाडौं, साउन २ । न्याय परिषद्ले उच्च अदालतका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको छ ।

परिषद्को बिहीबार बसेको बैठकले एक कार्यक्षेत्रमा दुई वर्ष पुगेका न्यायाधीशहरूलाई अर्को अदालतमा सरुवा लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको अध्यक्षमा बसेको परिषद्को बैठकले नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै सो न्यायाधीशहरुको सरुवाका लागि सिफारिस गरेको हो ।

न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको छ ।

विशेष अदालतमा अध्यक्षसहित पाँच सदस्य तोक्न परामर्श दिने

न्याय परिषद्ले विशेष अदालतमा अध्यक्षसहित पाँच सदस्यहरु तोक्नका लागि परामर्श दिने निर्णय गरेको छ ।

विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीशहरुलाई तोक्न परामर्श गर्ने निर्णय गरेको हो ।

विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश शिवराज अधिकारी, सदस्यहरुमा उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्ण गिरी, उच्च अदालत दिपायलका न्यायाधीश वालेन्द्र रुपाखेती रहेका छन् ।

त्यसैगरी, उच्च अदालत सुर्खेतका न्यायाधीश शान्तिसिंह थापा, उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत विराटनगर इलाम इजलासका न्यायाधीश डा. रवि शर्मा अर्याललाई तोक्न परामर्श दिने निर्णय गरेको हो ।

विशेष अदालतमा अहिले अध्यक्ष र दुई सदस्य गरी तीनजनामात्र न्यायाधीश थिए । रासस

सूची हेर्न यहाँ क्लिक गर्नोस्