५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024


सन्धि–सम्झौताहरु पुनरावलोकन गर्नुपर्छ : परराष्ट्रमन्त्री


0
Shares

काठमाडौं, साउन २ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई थप मजबुत् बनाउन सन्धि–सम्झौताहरुको पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

बिहीबार ललितपरमा आयोजित एक कार्यक्रममा उनले भौगोलिक निकटता, संस्कृति तथा दुई देशका जनस्तरको आत्मियताले दुई देशको सम्बन्ध अडिएको बताए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले भारतको बढ्दो अर्थतन्त्रबाट नेपालले फाइदा लिनुपर्नेमा जोड दिए ।

नेपालको समृद्धिको लक्ष्यमा भारत महत्वपूर्ण साझेदार हुनसक्ने भन्दै उनले भारत–नेपाल सम्बन्ध सकारात्मक दिशातर्फ उन्मुख रहेको बताए ।