बनेपा, जेठ २६ । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका वडा नं ७ मादनकुँडारीमा घरको बरण्डाबाट खसेर एकजनाको मृत्यु भएको छ । आफ्नै घरको बरन्डामा तीनमहिने नातिलाई खेलाइरहेका अवस्थामा रिंगटा लागेर घरको एक तल्लामाथिबाट खसेपछि घाइते भएका ४४ वर्षीय कुलबहादुर लामाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते शिशुको …