Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


भारतबाट स्वदेश आउने नेपालीको लागि भैरहवामा होल्डिङ सेन्टरको स्थापना


0
Shares

भैरहवा । कोरोना भाइरसका कारण भारतबाट स्वदेश आउने नेपालीको संख्या बढेपछि भैरहवामा होल्डिङ सेन्टरको स्थापना गरिएको छ ।

स्वदेश फर्किने नेपालीको चाप बढेसँगै सीमा क्षेत्रमै अलपत्र हुन नपरोस भन्दै भैरहवाको प्रतिमान निमा स्मृति प्रतिष्ठानमा होल्डिङ सेन्टर निर्माण गरिएका हो ।

होल्डिङ सेन्टरको व्यवस्थापन नेपाली सेनालाई दिइएको छ । सेनाको समूहले स्वदेश फर्किएका नागरिकको पहिचान राख्ने र गन्तव्यमा पुर्‍याउनका लागि सहजीकरण गरिरहेको छ ।

उनीहरुलाई सवारी साधनको व्यवस्थापन गरी गन्तव्यमा पुर्‍याइने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत धु्रवप्रसाद नेपालले जानकारी दिए ।

भारतका विभिन्न राज्यहरुमा लकडाउनलाई खुकुलो बनाउँदै रेलसेवा सञ्चालन गरिएपछि रोजगारीका लागि भारतमा रहेका नेपालीहरु दैनिक सयौंंको संख्यामा नेपाल फर्किन थालेपछि होल्डिङ सेन्टरको स्थापना गरीएको हो ।

स्थापना गरेकै दिन भारतबाट आएका ५ सय ९२ जना नेपालीहरुलाई गन्तव्यमा पुर्‍याइएको छ ।