धनकुटा, असोज ११ । यात्रीहरुलाई पर्नसक्ने समस्यालाई मध्यनजर गर्दै धनकुटामा दुईओटा यात्री सहायता कक्ष स्थापना गरिएको छ । धनकुटाको धनकुटा बसपार्क र हिले तोङ्वाचोकमा यात्री सहायता कक्ष स्थापना गरिएको हो । यात्रीमा परेका समस्या तथा गुनासा सुन्ने र त्यसको समाधान गर्ने प्रमुख उद्देश्यका साथ ती कक्ष स्थापना गरिएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी…