धनकुटामा यात्री सहायता कक्ष • Image Khabar Image Khabar


धनकुटामा यात्री सहायता कक्ष


Imagekhabar
११ आश्विन २०७६, शनिबार १२:१४

धनकुटामा यात्री सहायता कक्ष

धनकुटा, असोज ११ । यात्रीहरुलाई पर्नसक्ने समस्यालाई मध्यनजर गर्दै धनकुटामा दुईओटा यात्री सहायता कक्ष स्थापना गरिएको छ ।

धनकुटाको धनकुटा बसपार्क र हिले तोङ्वाचोकमा यात्री सहायता कक्ष स्थापना गरिएको हो ।

यात्रीमा परेका समस्या तथा गुनासा सुन्ने र त्यसको समाधान गर्ने प्रमुख उद्देश्यका साथ ती कक्ष स्थापना गरिएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

चाडबाड नजिकिँदै गर्दा यात्रीमाथि हुनसक्ने ठगी, बढी भाडा लिने, ट्राफिक नियम उल्लंघनलगायतका समस्या आउने गरेको प्रहरीले जानएको छ ।

यस्ता समस्या आएमा सहायता कक्षमार्फत् तत्काल कारबाही गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्