काठमाडौं, असोज १३ । बडादसैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिँदैछ । बडादसैंअन्तर्गत् आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रह्मचारिणी भगवतीको पूजा गर्ने प्रचलन रहेको छ । घटस्थापना गरेसँगै नवदुर्गाका ९ ओटा रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्मान्डा, पाँचौं…