Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


बागलुङमा बाढी-पहिरोः मृत्यु हुनेको संख्या १३ पुग्यो, ३६ जना बेपत्ता

बागलुङ, भदौ १८ । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढी-पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ । बुधबार राति १२ बजेतिर आएको बाढीले ढोरपाटन वडा नम्बर-५ देखि ९ सम्मका ३६ जनाभन्दा बढी सम्पर्कविहीन रहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बाढीले सडकछेउमा पार्किङमा राखेको जीप, दुईओटा विद्युत्गृह, एउटा झोलुंलेपुल, दुईओटा विद्यालय भवनसमेत बगाएको…