Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


रातो मछिन्द्रनाथको रथ तान्न खोज्दा पुल्चोकमा झडप, ढुंगामुडा र अश्रु ग्यास प्रहार


0
Shares

काठमाडौं । रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएको छ ।

प्रहरीले रथ तान्न रोकेपछि स्थानीय युवाहरु विरोधमा उत्रिएका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि झडप सुरुभएको थियो ।

निषेधाज्ञा उल्लंघन गर्दै उत्रिएका आन्दोलनकारीले प्रहरीको मोटरसाइकल जलाएका छन्।

११ बजेपछि उनीहरुले जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए। दिउँसो १ बजेपछि भने अवस्था तनावपूर्ण बन्दै गएको थियो।

प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका थिए।

प्रहरीले वाटर क्यानन लिएर पुगेपछि प्रहरीमाथि ढुंगामुडा प्रहार भएको थियो। त्यसपछि प्रहरीले पानीको फोहराले हान्न थालेको थियो।

प्रहरीले अश्रु ग्यास प्रहार गर्न थालेपछि प्रदर्शनकारीले प्रहरीकै वाटर क्यानन तोडफोड गरेका थिए ।

Skip This