Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


स्याङ्जामा ढिस्कोले पुरिएर एकजनाको मृत्यु, दुई घाइते

स्याङ्जा, असोज १३ । स्याङ्जाको वालिङमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । वालिङ नगरपालिका–११, पेखुस्थित पनेरगैह्रामा मंगलबार बिहान गिटी निकाल्नेक्रममा माथिबाट खसेको माटोकोे ढिस्कोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । माटोले पुरिएर गम्भीर घाइते भएका वालिङ–११ का ३९ वर्षीय दुर्गा थापाको उपचारकाक्रममा स्थानीय प्राथमिक अस्पतालमा मृत्यु भएको हो…