पाल्पा, असार ९ । पहिरोका कारण अवरुद्ध भएको पाल्पाको तानसेन–रिडी सडकखण्ड सुचारु भएको छ । सोमबार बेलुका गुडिरहेका सवारी–साधनलाई पहिरोले पुरेपछि अवरुद्ध सडक मंगलबार सञ्चालनमा आएको हो । पहिरोमा परेर तीनजनाको मृत्यु भएको थियो । पहिरोले चारवटा सवारीसाधन पुरेको थियो । सवारीसाधनमा रहेका दुईजनाको घटनास्थलमा मृत्यु भएको थियो भने एकजनाको उपचारकाक्रममा मृत्यु भएको हो ।…