२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


काँस फुलेपछि वातावरण नै मनमोहक


0
Shares

सिन्धुली । नेपालीहरुको महान चाडपर्व दसै, तिहार र छठपर्वको आगमनको संकेत गर्दै नदी तथा खोला किनारहरुमा यसवर्ष अत्यधिक रुपमा काँस फुलेपछि वातावरण नै मनमोहक बनेको छ ।

सिन्धुलीका कमला, मरिण, सुनकोसी, चदाहा, तावालगायतका नदी तथा खोलाका बगरहरुमा सेताम्मे फुलेको काँसले नदी कटान नियन्त्रणमा सघाउ पुर्‍याउनुका साथै वीपी राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई समेत आकर्षित गरेको छ ।

विगत वर्षको तुलनामा यसवर्ष अत्यधिक काँस फुलेपछि अन्नबालीहरु राम्रो उत्पादन भइ सहकाल लाग्ने र रोगव्याधीसमेत हटने स्थानीय बुढापाकाहरुको भनाइ छ ।

घर छाउने र बार बार्न प्रयोग हुने भएकाले काँसलाई ग्रामिण क्षेत्रमा महत्वपूर्ण वनस्पति मानिन्छ ।