काठमाडौं, मंसिर २६ । औषधिजन्य उत्पादनका लागि नेपालमा प्राचीनकालदेखि नै गाँजाको प्रयोग हुँदै आएको थियो । तर, ४५ वर्षअघि गाँजालाई प्रतिबन्ध लगाइयो । प्रतिबन्धलाई हटाउन नेपालमा समेत आवाज उठिरहेको बेला लागुऔषधसम्बन्धी संयुक्तराष्ट्र संघीय नियोगले पनि गाँजालाई लागुऔषधको सूचीबाट गत हप्ता हटाएको छ । यसबाट गाँजाको प्रतिबन्ध हटाउनुपर्ने पक्षमा रहेकाहरु उत्साहित बनेका छन् । शैव परम्परामा…