काठमाडौं, माघ १४ । सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवारलगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति गठन गरेको छ । मन्त्रिपरिषद्को माघ ११ गते बसेको बैठकले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा खानेपानीमन्त्री मणि थापा र भूमि व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहनुभएको…