काठमाडौंको बिहानको न्यूनतम तापक्रम २ डिग्री • Image Khabar Image Khabar


काठमाडौंको बिहानको न्यूनतम तापक्रम २ डिग्री


Imagekhabar
१४ माघ २०७७, बुधबार ०७:३९

काठमाडौंको बिहानको न्यूनतम तापक्रम २ डिग्री

काठमाडौं । आज प्रदेश १ र लुम्बिनी प्रदेशका केही स्थानमा आंशिक बदली भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ साथै तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ। काठमाडौंको मौसम पनि आज सफा रहने महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने छ ।

आज बिहान सूर्योदय ६ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४१ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्