कञ्नपुर, माघ १८ । सरकारी कार्यालयका कर्मचारीहरुले तोकिएको पोशाक नलगाएको पाइएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्मचारीको पोशाक भक्ता रोक्न सम्बन्धित निकायमा पत्राचार गर्ने भएको छ । सरकारी कार्यालयहरु सेवाग्राहीमैत्री नभएको गुनासो आएसँगै प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्लास्थित केही कार्यालयको निरीक्षण गर्नु भएको थियो । अनुगमनका क्रममा कार्यालय प्रमुखबाहेक कुनैपनि कर्मचारीले पोशाक लगाएको नपाइएपछि उनीहरुको…