
काठमाडौं । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै मनाङ नासो गाउँपालिका–८ ताचैमा रहेको जङ्गलमा डढेलो लागेको छ ।
३ दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । तीब्र गतिमा हावा चलेकोले खोला पारीको जंगलमा समेत डढेलो सल्किएको छ ।
राति डढेलो गाउँमा फैलने डरले स्थानीयहरु बाहिरै रात बिताउन बाध्य भएको बताउछन् । डढेलो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा दन्किएको छ । डढेलो नियन्त्रण गर्न कठिनाई भएको स्थानीयले बताएका छन् ।
यसअघिको भन्दा अहिलेको डढेलो अझ भीषण रहेको छ । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको ताचैमा ६३ घरधुरी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्