चितवन । भरतपुर महानगरपालिका रामपुरस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । मधु सापकोटाले सञ्चालन गर्दै आएको विक्रम चोकमा रहेको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करिब ४५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो । आगलागीबाट काठबाट बनेका सामानहरू जलेर पूर्णरूपमा नष्ट भएका छन्…