
काठमाडौं । एसिड आक्रमणमा परेकी नेपालकी मुस्कान खातुनलाई अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड (आईडब्लुओसी) ले सम्मान गर्ने भएको छ । यही मार्च ८ मा भर्चुअल माध्यमबाट सो सम्मान वितरण गर्न लागिएको हो ।
अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङकनले खातुनलाई सो पुरस्कार वितरण गर्ने नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।
ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय र मानवअधिकार, लैंगिक समानता र महिला सशक्तिकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलालाई यो सम्मान दिइने अमेरिकी दूतावासले जनाएको छ । यो पुरस्कार पाउने खातुन पहिलो नेपाली महिला हुन् ।
२०७६ भदौ २१ गते वीरगञ्जमा विद्यालय जाने क्रममा खातुनमाथि एसिड आक्रमण भएको थियो। वीरगञ्जस्थित गणेशमान सिंह चोकमा १६ वर्षका सम्साद मियाँ हजामले खातुनमाथि एसिड प्रहार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्