म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालमा प्रदर्शन, म्यानमारका नागरिकप्रति ऐक्वद्धता • Image Khabar Image Khabar


म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालमा प्रदर्शन, म्यानमारका नागरिकप्रति ऐक्वद्धता


Imagekhabar
२१ फाल्गुन २०७७, शुक्रबार १६:५५

म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालमा प्रदर्शन, म्यानमारका नागरिकप्रति ऐक्वद्धता

काठमाडौं, फागुन २१ । म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् ।

नागरिक अगुवाहरुले ललितपुरस्थित म्यानमारको दुतावास अगाडि शुक्रबार प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका जनताको साथमा छौँ, म्यानमार नरसंहारबारे अन्र्तराष्ट्रिय समुदाय बोल, म्यानमार सरकार नागरिक हत्या बन्द गर लगायत लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा नागरिक अगुवाहरु खगेन्द्र संग्रौला, डा. गोविन्द केसी, नारायण वाग्ले, युग पाठक लगायतको सहभागीता रहेको थियो ।

प्रदर्शनलाई सम्बोधन गर्दै नागरिक अगुवा खगेन्द्र संग्रौलाले स्वतन्त्रताप्रेमी, लोकतन्त्र र स्वायत्तताप्रेमी नागरिकहरु म्यान्मारका नागरिकहरुलाई एक्येवद्धता जनाउन सडकमा आएको बताउनुभयो ।

विरोध प्रदर्शनमा म्यानमारको सैनिक दमनलाई सांकेतिक रुपमा देखाउन कलाकारहरुले प्रस्तुति पनि देखाएका थिए ।

म्यानमारम फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि त्यसको विरोधमा निरन्तर आन्दोलन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्