Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


म्यान्मारमा सेनाको हवाई हमला, ४९ जनाको मृत्यु, ५८ घाइते


0
Shares

काठमाडौं । म्यान्मारको रखाइन राज्यमा सेनाले गरेको हवाई हमलामा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्।

सोमबार क्याउक्ताव टाउनसिपस्थित बजारनजिकै लडाकु विमानबाट दुईवटा बम खसालिएको अराकान आर्मी र उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन्। हमलामा बजारका व्यापारी, ग्राहक तथा सर्वसाधारणसमेत मारिएको जनाइएको छ।

घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अराकान आर्मीले जनाएको छ। हवाई हमलाबाट बजार क्षेत्रका भवन तथा सवारीसाधनमा क्षति पुगेको छ भने नजिकैको पुलसमेत प्रभावित भएको बताइएको छ।

घटनाबारे म्यान्मारको सेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। क्याउक्ताव क्षेत्र अराकान आर्मीको नियन्त्रणमा रहेको बताइए पनि घटनासम्बन्धी विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन रहेको समाचारमा उल्लेख छ।

म्यान्मारमा सन् २०२१ को सैन्य ‘कू’ पछि सेना र विभिन्न विद्रोही समूहबीच सशस्त्र द्वन्द्व जारी छ।