विकास तिमल्सिना, काभ्रे । निरन्तरको वर्षाका कारण अवरुद्ध बीपी राजमार्गमा डाइभर्सन निर्माणको काम तीव्र पारिएको छ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार चौकीडाँडामा खोलाबाट र खोलाभन्दा माथिल्लो भाग गरी दुई स्थानमा डाइभर्सन निर्माण भइरहेको छ। चौकीडाँडाबाहेक राजमार्गका अन्य स्थानमा रहेका अवरोध हटाउने तथा डाइभर्सन निर्माणको काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार आज मध्यान्हदेखि साना सवारीसाधन र साँझदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा पहिरो र सडक कटान भएपछि बीपी राजमार्ग अवरुद्ध भएको थियो।









प्रतिक्रिया दिनुहोस्