काठमाडौं ।
त्रिशुली करिडोर र कालीगण्डकी करिडोरमा सञ्चालित जलविद्युत आयोजनाहरुमा बाढी पहिरोले क्षति पुर्याएपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट विजुली आयात गर्ने तयारीमा लागेको छ ।
बाढी पहिरोका कारण हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध भएपछि प्राधिकरणले आगामी हिउँमा भारतबाट १ हजार १ सय ५४ मेगावाट विद्युत आयात गर्ने भएको हो । सोमवार काठमाडौंमा पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सुक्खायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न आयात गर्ने योजना रहेको बताउनुभयो ।
ढल्केबर–मुजफ्फरपुर प्रशारण लाइनबाट ६ सय मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३ सय ५० मेगावाट र आरटिसीमार्फत १ सय ५० मेगावाट विद्युत आयात गर्ने प्राधिकरणको योजना बनाएको उहाँले बताउनुभयो । आन्तरिक उत्पादन र आयात गरी सुक्खायाममा कुल २ हजार ३ सय ७२ मेगावाट विद्युत उपलब्ध हुने प्राधिकरणको अनुमान छ ।
नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशन दीर्घायुकुमार श्रेष्ठले प्राधिकरणले मादी करिडोर र मर्स्याङ्दी करिडोरका अवरुद्ध आयोजनाहरुबाट विजुली उत्पादन शुरु भईसकेको जनाएको छ भने कालीगण्डकी आयोजनाबाट पनि आजैदेखि विजुली उत्पादन शुरु हुने भएको छ ।
तर केही आयोजनाहरु मर्मत गर्न तीन महिनासम्म लाग्ने देखिएको छ भने प्रसारणलाईन मर्मत गरेपछि पर्वत र म्याग्दीका आयोजनाहरु पनि सञ्चालन हुनेछन् ।










प्रतिक्रिया दिनुहोस्