Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


हलेसीका पूजारी गिरीलाई थप ७ दिनको म्याद थप


0
Shares

सविना अछामे, खोटाङ ।

जातीय भेदभाव तथा अमानवीय व्यवहार गरेको अभियोगमा पक्राउ परेका हलेसीका पूजारी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ५८ वर्षीय गोपाल गिरीलाई ७ दिनको म्याद थप गरिएको छ ।

गत असोज ७ गते पक्राउ परेका गिरीलाई गत असोज १० गतेदेखि लागू हुने गरी सोमबार ७ दिनको म्याद थप गरिएको हो ।

गिरीले गत असोज १८ गते हलेसी दर्शनमा आएका एक दलित तीर्थालुलाई जातीय भेदभाव तथा अमानवीय व्यवहार गरेको अभियोगमा पक्राउ परेका थिए ।

सुरुमा ३ दिनको म्याद थप गरी अनुसन्धान बढाइएको थियो । उक्त समयमा अनुसन्धान पूरा नभएको भन्दै थप ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताएका छन् ।

Skip This