पर्वत । जिल्लामा घाँस काट्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । जलजला गाउँपालिका–७ का ३५ वर्षीय मकर बहादुर केसीको लडेर मृत्यु भएको हो । बिहान ९ बजे घाँस काट्न घरबाट निस्किएका केसी दिउँसोसम्म पनि नफर्किएपछि स्थानीयले खोजी गर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेले जानकारी दिनुभयो…