काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो ।
अध्यक्षमा विजयी पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिद्वन्दी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६ सय ९१ मत प्राप्त गर्नुभयो ।
महासंघको चुनावमा कांग्रेस, माओवादी, एमालेको माधव नेपाल पक्ष, राष्ट्रिय जनमोर्चासहित ११ वटा दल आबद्ध पत्रकारहरु गठबन्धन बनाएर लडेका थिए । गठबन्धनको प्यानलबाट केन्द्रीय कार्य समितिमा तीन सदस्यबाहेक सबैले जितेका छन् ।
अर्कोतर्फ एमाले सम्बद्ध प्रेस चौतारी र जनता समाजवादी पार्टी सम्बद्ध नेपाल प्रेस मञ्चले गठबन्धन बनाएर निर्मला शर्माको नेतृत्वको प्यानल खडा गरेका थिए । सो गठबन्धनले प्रदेश १ को एउटा केन्द्रीय सदस्य र प्रदेश दुईको दुवै सदस्य तथा नेतृत्व जितेका छन् ।
महासंघको बरिष्ठ उपाध्यक्षमा रमेश बिष्ट, समावेशी उपाध्यक्षमा उदय जिएम र महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा रोशन पुरी विजयी हुनुभयो । कसले कति मत पाए, यहाँबाट हेर्नुहोस्–









प्रतिक्रिया दिनुहोस्