काठमाडौं, मंसिर २२ । विश्वको सर्वोच्च शिखर सगमाथाको नयाँ उचाई मंगलबार सार्वजनिक गरिने भएको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीले मंगलबार नेपाल र चीनका अधिकारीहरुले संयुक्त रुपमा नयाँ उचाई सार्वजनिक गर्ने जानकारी दिनुभयो । उहाँले फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांकसमेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालमा प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल…