काठमाडौं । मनाङमा लगातारको वर्षापछि स्थानीय खहरे खोलामा आएको बाढीले सदरमुकाम चामेको नयाँबजार क्षेत्र जोखिममा पारेको छ । हिजो दिउँसो घट्टेखोलामा आएको बाढीले ४ टहरा र एक पक्की पुल बगाएको छ । २ किलोमिटर सडक क्षतिग्रस्त बनाएको छ । मनाङको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेलका अनुसार बाढीले केही पक्की घरहरुको जग हल्लाएको र आँगन बगाएको…